घटालथानमा भोलि विशु जाँत : ‘जहाँ धामीले खान्छन् बालुवा’

dream cafe
learnar
  • बिमल बोहरा

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटीखेलाको पुछारमा अवस्थित सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपिठ घटाल थानमा भोलि मंगलबार (वैशाख २ गते) लाग्ने विशु जाँतको सम्पूर्ण तयारी पूरा भएको घटाल क्षेत्र विकास समाजले जनाएको छ।

Amargadhi Education

हरेक वर्ष नयाँ वर्षको दोस्रो दिन घटाल थानमा विशु जाँत विशेष धार्मिक आस्थासहित भव्य रूपमा मनाइन्छ।

डोटीखोला आसपासका गाउँहरू, सदरमुकाम खलंगा, छिमेकी जिल्ला, साथै कैलाली र कञ्चनपुर जस्ता तराईका जिल्लाबाट समेत हजारौं भक्तजन घटाल थान पुग्ने गर्छन्।

विशु जाँतका दिन घटाल बाबाको पूजाआजा गर्दै धामीमार्फत अक्षता र प्रसाद लिने, बालुवा खाएर आस्था प्रकट गर्ने परम्परा रहिआएको छ।

जनविश्वास अनुसार घटाल बाबासँग मागे अनुसार मनोकामना पूरा हुने र त्यसको पूर्तिमा बोका बलि दिने चलन पनि अहिले सम्म कायम छ।

अजयमेरु फाैजी केरा

स्थानीय किंवदन्ती अनुसार डोट्याली राजा नागी मल्लकी सन्तानविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएकी थिइन्।

देउतालाई दरबारसम्म ल्याउन नसकिएपछि हालको मन्दिर क्षेत्रमै स्थापना गरिएको हो।

विशु जातको अघिल्लो दिन चम्सालस्थित देवघरबाट देउताको देउरो घटालथान लगिन्छ।

स्थानीयहरूका अनुसार विशेष गरी टाढा रहेका मानिसहरू समेत बिशु जातका अवसरमा एकै दिन भएपनि घर फर्केर मेला सहभागी हुने गर्छन्।

धार्मिक मान्यताअनुसार द्वापरयुगको धर्मयुद्धमा भीमपुत्र घटोत्कचको पराक्रमले श्रीकृष्णबाट कलियुगमा भगवानको रुपमा पूजिने वरदान पाएको विश्वास छ।

यही मान्यताले सदियौँदेखि घटाल बाबा पश्चिम नेपालका श्रद्धालुहरू माझ विशेष आस्थाको केन्द्र बनेका छन्।

तस्बिर : शेरबहादुर भण्डारी 

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.