कैलालीमा लागुऔषधसहित चारजना पक्राउ

dream cafe
learnar

कैलाली :  कैलालीमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

Bohora madico
HARDIK AGRo NEw

बुधबार अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित करन सिंह कुमालले सञ्चालन गरेको ‘चन्द्र दीप बोग्टान होटल’ मा शंकास्पद रूपमा बसेका अछाम मंगलसेन नगरपालिका वडा नं. ०५ का १८ वर्षीय भुवन आउजी र वडा नं. ०१ का १८ वर्षीय डम्बर आउजीलाई जाँच गर्दा उनीहरूको साथबाट १ ग्राम २४० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो।

यस्तै, वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नं. ०६ स्थित जंगल रिसोर्ट नजिक आशाराम चौधरी र दिल बहादुर चौधरीलाई शंका लागि जाँच गर्दा उनीहरूको साथबाट १ ग्राम २२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

जम्मा २ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको कैलाली प्रहरीले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.