पत्रकारमाथि आक्रमणको विरोधमा डडेल्धुराबाट सीडीओमार्फत प्रधानमन्त्रीलाई अल्टिमेटम

dream cafe
learnar

डडेलधुरा : काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा डडेल्धुराले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघले आज (सोमबार) डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चाेमेन्द्र न्याैपाने मार्फत प्रधानमन्ती केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको हो।

Bohora madico

उक्त घटनामा पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको छ भने अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ।

साथै, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा प्रहार गरी क्षति पुर्‍याइएको छ भने हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड भएको छ।

HARDIK AGRo NEw

यसैगरी, पत्रकार दिनेश गौतम आक्रमणमा परी गम्भीर घाइते भएका छन् भने फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ।

पत्रकार महासंघले घटनाको गहिरो अनुसन्धान गरी दोषीहरूलाई फौजदारी अभियोगमा कारबाही गर्न, मृतक पत्रकारका परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि आक्रमण गर्नेहरूमाथि कानुनी कारबाही गर्न, क्षतिग्रस्त सञ्चारगृहलाई उचित क्षतिपूर्ति दिन र घाइते पत्रकारहरूको शीघ्र उपचारको व्यवस्था गर्न जोडदार माग गरेको छ।

महासंघले विगतमा भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी कारबाही गर्न तथा भविष्यमा सञ्चारकर्मीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ।

महासंघले आफ्ना मागहरू एक साताभित्र सम्बोधन हुनुपर्ने बताउँदै अन्यथा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष हिक्मत बहादुर सिंहद्वारा जारी विज्ञप्तिमा सरकारले प्रेस स्वतन्त्रता सुरक्षाका लागि ठोस कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.