पूर्वराजा ज्ञानेन्द्रका सुरक्षाकर्मी फिर्ता बोलाइए

dream cafe
learnar

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइएको छ।

सशस्त्र प्रहरीले गएराति पूर्वराजाका १० जना सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको हो।

Ird
HARDIK AGRo NEw

डीएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमध्ये १० जनालाई हटाएर १५ जना कायम गरिएको छ।

सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिएको सबै सुविधालाई कटौती गर्ने तयारी गरेको बेला सशस्त्र प्रहरीको टोली कम गरिएको छ।

नारायणहिटी राजदरबारबाट हटेपछि पूर्व राजपरिवारलाई नेपाल सरकारले आवाससहितको सुविधा दिइरहेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.