पत्रकार महासंघको स्थापना दिवसका कार्यक्रम स्थगित

dream cafe
learnar

डडेल्धुरा: नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले आयोजना गर्न लागेको नसर्ने रोगहरूको निःशुल्क परीक्षण (स्क्रिनिङ) कार्यक्रम स्थगित भएको छ।

शनिबार आफ्नो ७०औं स्थापना दिवसको अवसरमा आयोजना गर्ने भनिएको कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।

Amargadhi Education

काठमाडौंको तीनकुनेस्थित घरमा आगो लगाएको घटनाको रिपोर्टिङ गर्ने क्रममा पत्रकार सुरेश रजकको दुःखद निधन भएपछि नेपाल पत्रकार महासंघले देशभर आह्वान गरेको सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

महासंघले चैत १६ गते (भोलि)का लागि तय भएका कार्यक्रमहरू हाललाई रोक्न सर्कुलर जारी गरेको हो।

अजयमेरु फाैजी केरा

डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत बहादुर सिंहले उक्त निर्णय अनुरूप शाखाले आयोजना गर्न लागेको नसर्ने रोगहरूको निःशुल्क परीक्षण कार्यक्रम पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराए।

यसअघि स्वास्थ्य कार्यालय डडेल्धुराको समन्वयमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा बडी मास इन्डेक्स (बिएमआई), रक्तचाप, मधुमेह, मुटुरोग र महिलाको पाठेघरको मुखको स्क्रिनिङ सेवा उपलब्ध गराउने योजना थियो।

कार्यक्रममा डडेल्धुरा हाईवयर व्यवसायी संघ र डडेल्धुरा जेसीज वर्ष २०२५ को सहकार्य रहेको थियो।

तर, पत्रकार रजकको निधनले देशभरका पत्रकारहरू शोकमा रहेको हुँदा कार्यक्रम हाललाई स्थगित गरिएको अध्यक्ष सिंहले बताए।

पत्रकार रजकको निधनप्रति नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले भोलि बिहान ८:३० बजे

केन्द्रीय समितिको सर्कुलर अनुसार डडेलधुरा शाखाले भोलि बिहान ८:३० बजे महासंघको सभाहलमा मृतक पत्रकारको तस्बिरमा मान्यार्पण गरि शोक मनाउने कार्यक्रम राखेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.