महायज्ञ गहनान गैजाऊँ एकचोटी

dream cafe
learnar
  • पुष्पराज पनेरू

नेपाल सुदूरपश्चिम, डडेल्धुरा-डोटी,
महायज्ञ गहनान, गैजाऊँ एकचोटी।

Bohora madico

सकाइलगाड सेती नदी, दुवै मिल्ने ठाउँ,
तसै ठाउँको, मेरा हजुर, गहनान हो नाउँ।

पवित्र धार्मिक स्थल, सेती नदीको छाल,
नौरतामा महायज्ञ, लाग्दैछ यै साल।

देवीभागवत महायज्ञ, सत्र गते सुरु,
ऋषिकेश उपाध्याय, मुख्य वाचक गुरु।

सत्र गते चैतदेखि, पच्चीससम्म चल्ने,
निरन्तर नौ दिनसम्म, ज्ञानको बत्ती बल्ने।

ज्ञान सुनौं, ज्ञानी बनौं, सत्कर्ममा लागौं,
अज्ञान रूपी निद्राबाट, हामी सबै जागौं।

ज्ञान स्नान, गंगास्नान, संगंसंगै गरौं,
भजन गरौं, कीर्तन गरौं, ज्ञानको झोली भरौं।

HARDIK AGRo NEw

ज्ञानगंगाको स्नान गरौं, यो मामुली होइन,
सुन्ने गरौं, बन्ने गरौं, नबने काम छैन।

चुल्यो निम्तो सबैलाई, गैजानु गैजानु,
मनको मैलो पखालेर, सुकिलो भैजानु।

त्यो क्षेत्र हो तपोभूमि, शाकल्य ऋषिको,
मकर मेला ताँइ लागन्छ, सबैको खुसीको।

जीवनको अन्तिम सत्य, मृत्यु घाट त्यहीं,
भूमिराज मसानि देउ, अवस्थित यहीं।

शलल बगेकी सेती, उई सकाइल खोला,
क्याँ राम्रो बान्डुरिसैन, सम्झि दिनु होला।

संयोगले सबै कुरा, मिलेरै बनेको,
त्यो ठाउँ खुट्टा पडाै, हुनामी हुनेको।

आयोजकलाई धन्यवाद, हृदयले भन्छु,
म पनि अवश्य त्यहाँ, उपस्थित हुन्छु।

लौ त हजुर, फेरी फेरी, हाम्रो भेट भैजाला,
जिन्दगीका ईसा दिनको, सम्झना रैजाला।

सबैलाई आवश्यक हुन्छ, शीतल छायाँको,
ओम् शान्ति छ मेरा हजुर, मन मुटु मायाको।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.