क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रेस मिट : बाम एकताको जोड, राजतन्त्रविरुद्ध कडा चेतावनी

dream cafe
learnar

डडेल्धुरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशव्यापी अभियान, बाम एकता, र भ्रष्टाचारविरुद्धको संघर्षबारे धारणा सार्वजनिक गरेको छ।

जिल्ला समिति, डडेल्धुराले आज पत्रकार सम्मेलन गर्दै सो बारेमा जानकारी दिएको हो।

Bohora madico

पार्टीका पोलिटब्युरो सदस्य लालबहादुर जाग्रीले तीनवटा क्रान्तिकारी धारहरू (मसाल, बहुमत र क्रान्तिकारी ) सँग एकता भइसकेको बताउँदै पार्टी निर्माणमा अगाडि  बढिरहेको बताएका छन्।

उनले ५६ जिल्लामा अभियान सञ्चालन भइरहेको जनाउँदै बैशाख १८ गते काठमाडौंमा राष्ट्रिय कार्यक्रम आयोजना गरिने जानकारी दिए।

स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीले २०८० सालको बैशाखमा नेकपा क्रान्तिकारी र बहुमतबीच एकता भएको तथा २०८१ सालको बैशाखमा नेकपा मसालसँग एकता गरिएकाे स्मरण गराउँदै, क्रान्तिकारी शक्तिहरू अझ सशक्त रूपमा एकजुट हुनुपर्ने बताए।

HARDIK AGRo NEw

उनले पार्टीले माक्र्सवाद, लेनिनवाद, र माओवादको सैद्धान्तिक अध्ययन गरिरहेको उल्लेख गर्दै, नेपाली जनताको मुक्तिको नयाँ आधार तयार पार्ने प्रयास भइरहेको बताए।

पत्रकार सम्मेलनमा नेताहरूले नेपालमा भइरहेको भ्रष्टाचार, दलाल पुँजीवाद, र विदेशी हस्तक्षेपको आलोचना गरे।

अमेरिकाले मसीसीलाई अखडा बनाएर चीनमाथि आक्रमण गर्ने रणनीति बनाइएको उनीहरूको दाबी गरे।
दलाल पूँजीपतिहरूको मिलेमतोमा सरकारले गलत निर्णयहरू गरिरहेको उनीहरूले जिकिर गरे।

राजतन्त्रविरुद्ध कडा चेतावनी
पत्रकार सम्मेलनमा ज्ञानेन्द्र शाही, दुर्गा प्रसाईं जस्ता व्यक्तिहरू राजतन्त्र पुनःस्थापनाका लागि सक्रिय रहेको भन्दै, जनस्तरबाट सशक्त प्रतिरोध गरिने चेतावनी दिइएको छ।

“राजतन्त्र पुनःस्थापनाकाे प्रयास असफल पार्न जनस्तरबाट आन्दोलन गर्छाैं,” नेता ओलीले  भने।

उनले पुरानो राज्यसत्ता यथावत् रहेको कारण राजावादी सलबलाउन थालेको बताए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.