घर बिदामा बसेका डीएसपीको नाममा सात दिने पूर्जी

dream cafe
learnar

धनगढी : सरकारले नेपाल प्रहरी अस्पतालमा कार्यरत डीएसपी डा.कृष्णमणी चापागाईलाई स्पष्टीकरण सोधेको छ।

लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई गृह मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर सात दिनको समय दिँदै लिखित स्पष्टीकरण पेश गर्न भनेको हो।

Bohora madico
HARDIK AGRo NEw

अन्यथा, प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च)को कसुरमा ऐ। नियमावलीको नियम १०९ को खण्ड (ख) ९१० बमोजिम भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी दिइएको छ।

प्रहरी अस्पतालको रेडियोलोजी टेक्नोलोजी शाखामा दरबन्दी भई रेडियोलोजी विभागमा कार्यरत डिएसपी चापागाईले गत कात्तिक १४ गतेदेखि लागू हुने गरी पन्ध्र दिन घर बिदा स्वीकृत गराएका थिए।

त्यसपछि पनि पुनः १४ दिन घर बिदा थप गराएका उनी मंसिर २५ गतेदेखि अस्पतालमा हाजिर हुनुपर्नेमा हालसम्म कुनै जानकारीसमेत नगराई अनुपस्थित रहेको मन्त्रालयको भनाइ छ।

सूचनामा भनिएको छ, ‘उक्त बिदा भुक्तान गरी मिति २०८१–०८–२५ गते आफू कार्यरत नेपाल प्रहरी अस्पतालमा हाजिर हुन आउनुपर्नेमा उक्त मितिदेखि आफूखुशी सम्बन्धित कोही कसैलाई जानकारीसमेत नगराई गैरहाजिर रहेको र तपाईंको स्थायी वतनमा खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को उपनियम ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भईसक्दासमेत पनि कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ।’

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.