अध्यादेशको विपक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

dream cafe
learnar

काठमाडौं : नेकपा एकीकृत समाजवादीले अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

नेकपा एसले अध्यादेशहरू देशको हितमा नभएको निष्कर्ष निकालेको छ।

ओली सरकारले दुईपटक गरी विभिन्न छवटा अध्यादेश ल्याएको छ। ती अध्यादेशहरू १८ माघमा संसदमा प्रस्तुत गरिए पनि पारितका लागि प्रक्रिया अगाडि बढाइएको छैन।

२४ माघको संसद बैठकको कार्यसूचीमा अध्यादेश पारित गर्ने विषय समावेश गरिए पनि राष्ट्रियसभामा अनुकूल संख्या नभएपछि सरकारले त्यसयता अध्यादेश अगाडि बढाएको छैन। त्यस दिन कार्यसूचीबाट अध्यादेशको विषय हटाइएको थियो।

राष्ट्रियसभामा सत्ता गठबन्धन अल्पमतमा रहेकाले सत्तारुढ दल कांग्रेसले नेकपा एसको सहयोग लिनुपर्ने प्रस्ताव गरेको थियो। तर, मंगलबार नेकपा एसले विपक्षमा रहने निर्णय गरेपछि हालका लागि त्यो च्याप्टर क्लोज भएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.