खगराजको पद घटुवा, सह-इन्चार्ज बनाइएपछि लेखे— ‘कागलाई बेल पाक्यो’

dream cafe
learnar

डडेल्धुरा : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्टले आफूलाई दिइएको जिम्मेवारी प्रति असन्तुष्टि जनाएका छन्।

गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले गरेको निर्णय हिजो (आइतबार) परिपत्रमार्फत नेता कार्यकर्तालाई पठाइएको थियोे।

Amargadhi Education

जसमा भट्टलाई सुदूरपश्चिमको सह-इन्चार्जको जिम्मेवारी दिइएको छ। सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेल र सह-इन्चार्जको जिम्मेवारी भट्टसँगै केन्द्रीय सदस्य बिना मगरलाई दिइएको छ।

भट्ट यसअघि सुदूरपश्चिमको इन्चार्ज थिए। उनको पद घटुवा भएपछि उनले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका छन्।

अजयमेरु फाैजी केरा

सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘कागलाई बेल पाक्यो।’

उसो त इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी प्रति  उपमहासचिव जनार्दन शर्मा र स्थायी समिति सदस्य भट्टले कार्य विभाजनबारे बैठकमै असन्तुष्टि जनाएका थिए।

‘कार्यविभाजन पार्टी निर्माणलाई उद्देश्य राखेर भएन। विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्यविभाजन गरियो। विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने मलगायतलाई अलिकति कार्यविभाजनमा जिम्मेवारीविहीन बनाइएको अवस्था र सुदूरपश्चिमा स्थायी कमिटी सदस्य हुँदाहुँदै सदस्यलाई सहइन्चार्ज बनाइएकोलगायतका मुद्दाहरू, दलसँग सम्बन्धित विषय टुंग्याउने कुरामा सन्तुलित नभएको भन्ने विषयमा मैले असहमति राखेको छु,’ शर्माले भनेेका थिए।

भट्टले आफ्नो ३४ वर्षको राजनीतिक र सांगठनिक जीवन समाप्त पार्ने डिजाइनअनुसार निर्णय भएको आरोप लगाएका थिए।

यो पनि :

माओवादी केन्द्रले तोक्यो सुदूरपश्चिमको इन्चार्जमा गिरिराजमणि, सह-इन्चार्जमा खगराज र बिना

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.