हमासले आज तीन बन्धक रिहा गर्दै, परेनन् विपिन जोशी

dream cafe
learnar

काठमाडौं : हमासले रिहा हुने थप ३ बन्धकको नाम सार्वजनिक गरेको छ।

शनिबार रिहा हुन लागेका तीनै जना पुरुष हुन्। रिहा हुने सूचीमा एली शराबी, ओहद बेन अमी र ओर लेवी छन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

हमासले जनवरी १९ मा युद्धविराम शुरु भएदेखि अहिलेसम्म १८ जना बन्धकहरूलाई मुक्त गरेको छ।

यस्तै इजरायलले ३८३ प्यालेष्टिनी कैदीलाई रिहा गरिसकेको छ। इजरायलले तीन बन्दी फिर्ताको सट्टामा आज १८३ जनालाई फिर्ता गर्ने बीबीसीले जनाएको छ।

तीन हप्ताको अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा ३३ बन्धक र एक हजार ९०० कैदी रिहा गर्ने तालिका छ।

परराष्ट्र मन्त्रालयले विपिन जोशीको रिहाइका लागि पहल गरिरहेकाे बताएपनि उनी अझै रिहा हुन सकेका छैनन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.