सन्दीपको कप्तानीमा डडेल्धुराले अर्जुन ट्रफी खेल्ने, राष्ट्रिय खेलाडी भरिभराउ

dream cafe
learnar

डडेल्धुरा : अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि  फेन्ड्स यूथ क्लब डडेल्धुराको टोली घोषणा गरिएको छ।

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप जोराको कप्तानीमा डडेल्धुराको टोली घोषणा गरिएको हो।

Amargadhi Education

फेन्ड्स यूथ क्लब डडेल्धुरामा सन्दीप जोरा (कप्तान), बिनोद भण्डारी (विकेट किपर), कुशल भुर्तेल, किरन ठगुन्ना, हेमन्त धामी, सुवास भण्डारी, अभिषेक गाैतम, अरूण राना, मनिश जोशी, कैलाश ऐर, रवि बिष्ट, गजेन्द्र बोहरा, सुवेश रावल र आयुष्मान बम रहेका छन्।

टिम कोच सन्तोष भट्ट र टिम म्यानेजर दिनेश सिंह रहेका छन्। यो ट्रफी  धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा  माघ १९ देखि २८ सम्म हुन गइरहेको छ।

अजयमेरु फाैजी केरा

डडेल्धुराले धनगढीविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ।

यस्तै माघ २१ मा वोस्टन क्रिकेट झापासँग खेल्नेछ भने माघ २४ मा घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ।

टी-२० फर्म्याटमा खेलाइने प्रतियोगितामा विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउने छन्।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले ५०-५० हजार रुपैयाँ पाउनेछन्।

प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ। लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगितामा देशभरका आठ क्लबका टिमको सहभागिता रहनेछ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.