समाजवादी प्रेस संगठन डडेल्धुराको अध्यक्षमा भण्डारी

dream cafe
learnar

डडेल्धुरा : समाजवादी प्रेस संगठन नेपाल डडेल्धुराको मंगलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले शेरबहादुर भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

GBL NEW

नयाँ कार्यसमितिको उपाध्यक्षमा टिकाराम साउँद र भरत चुनारा, सचिवमा भक्तबहादुर गाहामगर, सह सचिवमा निर्मला विश्वकर्मा र पार्वती बोहरा र कोषाध्यक्ष टिकेश्वरी थापा सर्वसम्मत चयन भएको समाजवादी प्रेस संगठन सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष हिक्मतबहादुर सिंहले जानकारी दिए।

नवगठित कार्यसमितिका सदस्यहरुमा विमलप्रसाद बोहरा, ललिता रावल, कमला शाही, मनिष विसी, गोमती बोहरा, पूजा भण्डारी, सुनिता पार्की, भावना थापा मगर, लक्ष्मी भट्ट, मेनुका साउँद, अमृत बोहरा र माधवी जोशी चयन भएका छन।

समाजवादी प्रेस संगठनले श्रमजीवी पत्रकारहरुका हक हितमा दत्तचित्त भएर काम गर्ने नवनिर्वाचित कार्यसमितिका अध्यक्ष भण्डारीले बताए ।

Ddl dental
Leave A Reply

Your email address will not be published.