डोटीमा ९० जना बर्‍याती बिरामी, खाएका थिए हलुवा

dream cafe
learnar

डोटी : डोटीमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका- १ टाँग गाउँमा विवाह भोज खाएका ९० जना बिरामी परेका हुन्।

आदर्श गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बमबहादुर खड्काका अनुसार शुक्रवार स्थानीय नरबहादुर विकको छोरीको विवाहको भोज खाएका माइती पक्ष (बर्‍याती) मा स्वास्थ्य समस्या देखा परेको हो।

Amargadhi Education

भोज खाएकाहरूमा ज्वरो आउने, वान्ता हुने, रिगंठा लाग्ने, पखाला लाग्ने, ढल्ने लगायतका समस्या देखा परेको उनको भनाइ छ।

अजयमेरु फाैजी केरा

बिरामी ३० जनाको शनिवार (हिजो) र ६० जनाको आइतबार (आज) स्थानीय स्वास्थ्य चौकी बाझमा उपचार गरिएको उनले बताए।

बिरामीहरूको उपचारमा गाउँपालिकाका एमबीबीएस डाक्टर सहित १३ जनाको टोली परिचालन गरिएको छ।

बिरामीहरूमा अधिकांशलाई उपचार पश्चात् घर पठाइएको र केहीको उपचार जारी रहेको छ।

भोजमा सुजी (हलुवा) खाएकाहरूमा यस्तो समस्या देखा परेको र बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको खड्काले बताए ।

घटनाको जानकारी प्राप्त भएपछि सो स्थानमा आज साँझ प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमान्डमा ७ जनाको प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.