गहनान स्नान गर्नेलाई वीपी काँग्रेसको नि:शुल्क गाडी

dream cafe
learnar

डडेल्धुरा : मकर संक्रान्तिको अवसरमा वीपी काँग्रेस डडेल्धुराले नि:शुल्क गाडीको व्यवस्था गरेको छ।

भोलि अर्थात् माघ १ गते  वीपी काँग्रेसको सेवादल डडेल्धुराले  पवित्र गंगा स्नान सेती नदीमा स्नान गर्न जाने तीर्थालुका लागि डडेल्धुरा बसपार्कबाट नि:शुल्क गाडीको व्यवस्था गरेको हो।

GBL NEW

सेवादल सदस्य तिलक हमालका अनुसार गहनानमा स्नान गर्न जाने बृद्धबृद्वा, एकल महिला तथा अशक्त नागरिकलाई नि:शुल्क गाडीको व्यवस्था हुने छ।

डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैन स्थित गहनानमा माघि पर्वका दिन  स्नान गर्नेको भीड लाग्छ।

यो तीर्थस्थलमा स्नान गर्दा पुण्य हुने विश्वासका साथ भक्तजनले आज बिहानै त्यहाँ पुगेर नुहाउने गर्छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.