एमालेबाट निष्कासित रावलले खोजे मल्ल र जोशीको साथ, केके भयो छलफल ?

dream cafe
learnar

डडेल्धुरा: नेकपा एमालेबाट निकालिएका भीम रावलसँग नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीले भेट गरेका छन्।

दुई नेताले रावल निवास टोखामै पुगेर भेट गरेका हुन्।

Amargadhi Education

रावलसँगको भेटपछि फोटो सार्वजनिक गर्दै मल्लले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल र नेपालीको स्वाभिमान- नया ढंगले सुरु गरौं कि अभियान…?’

मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति तथा ०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसबाट डडेल्धुराबाट विजयी पूर्वप्रदेशसभा सदस्य हुन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए।

जोशी नेकपा एमाले डडेल्धुराका पूर्वअध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन्।

जोशी ०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा डडेल्धुराबाटै स्वतन्त्र चुनाव लडेर विजयी भएका थिए।

अजयमेरु फाैजी केरा

गएको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि सुदूर पश्चिम प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए।

यी दुई नेताको सुदूरपश्चिममा राम्रो पकड रहेको बताइन्छ। रावल नयाँ पार्टी खोलेर अघि बढ्ने अन्तिम तयारीमा छन्।

स्रोतका अनुसार मल्लले जोशीलाई लिएर रावल भेट्न पुगेका थिए। भेटमा रावलले दुबै जनाको साथ खोजेका थिए। तर, जोशीले सो विषयमा आफूले अहिल्यै मनसाय नबनाएको बताएका थिए।

नयाँ पार्टी घोषणा गरेर जानेसम्मको विकल्पमा नेता रावलले आफू निकटका नेताहरुसँग छलफललाई तीव्र बनाएकाे बताइएको छ।

दुई नेतासँगको भेटबारे जानकारी दिँदै रावलका सहयोगी गोविन्द दुवालले फेसबुकमा लेखेका छन्, ‘भनिन्छ नयाँ कामको थालनी गर्दा शुभ आरम्भ वा शुभारम्भ हुनुपर्छ र भविष्य पनि सुनौलो हुन्छ।’

नेता रावलले आगामी यात्राबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन पनि राखेका छन्।

एमालेबाट निष्कासित भएपछि कुरा गर्दै नेता रावलले एमालेमा ओलीबाट आजित भएकाहरुलाई साथ लिएर अघि बढ्ने बताएका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.