डडेल्धुरामा प्रदेश अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता हुने

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा सुदूरपश्चिम प्रदेश अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

आज (शुक्रबार) जिल्ला भलिबल संघ डडेल्धुराले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो।

GBL NEW

यही पुस १४ गतेबाट आयोजना हुने प्रतियोगिता तीन दिनसम्म चल्ने भलिबल संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले बताए।

ठगुन्नाका अनुसार उग्रतारा मावि पोखरोका खेल मैदानमा आयोजना हुने प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १११, द्वितीय पुरस्कार ५० हजार १११, तृतीय पुरस्कार २५ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पनि विधागत नगद पुरस्कार दिइने छ।

उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट स्पाइकरलाई २५ सय, उत्कृष्ट सेटरलाई २५ सय, उत्कृष्ट डिफेन्डरलाई २५ सय, उत्कृष्ट सर्भर र राइजिङ खेलाडीलाई पनि २५ सय दिइने ठगुन्नाले बताए।

प्रतियोगितामा दर्ता शुल्क निशुल्क रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.