डडेल्धुरामा पत्रकारको अध्यक्षमा सिंह दोहोरिए

dream cafe
learnar

डडेल्धुरा: नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको अध्यक्षमा हिक्मतबहादुर सिंह निर्वाचित भएका छन्।

प्रेस यूनियन र प्रेस चौतारी नेपालका साझ उम्मेदवार पुष्कर भण्डारीलाई एक मतले हराउँदै सिंह अध्यक्षमा विजयी भएका हुन्।

Bohora madico

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपालका उम्मेदवार सिंहले ३२ मत ल्याए।

उनका प्रतिद्वन्द्वी भण्डारीले ३१ मत पाए। सिंह अध्यक्षमा दोहोरिएका हुन्। अध्यक्षमा विजयी सिंह समाजवादी प्रेस संगठनका सुदूरपश्चिम प्रदेश समिति अध्यक्षसमेत हुन्।

जिल्ला कार्यसमितिको उपाध्यक्षमा गणेश रोका (२४) लाई हराउँदै ललितसिंह बोहरा (३९) विजयी भएका छन्।

महिला उपाध्यक्षमा पार्वतीकुमारी बोहरा विजयी भएकी छिन्। उनले ३४ मत पाइन्। उनकी प्रतिद्वन्द्वी लक्ष्मी ऐरले २७ मत मात्रै ल्याइन्।

HARDIK AGRo NEw

समितिको सचिवमा भीमबहादुर खत्री ३६ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी राजेन्द्र ठगुन्नाले २७ मत पाए। सहसचिव समावेशीमा राधा फुलारालाई हराउँदै विमल जैरु विजयी भए।

जैरुले ३३ मत ल्याउँदा फुलाराले ३० मत पाइन्। जिल्ला कार्यसमितिको सहसचिवमा भानबहादुर विक (३०) लाई टीकाराम साउद (३३) विजयी भएका छन्।

यसैगरी कोषाध्यक्षमा पदमबहादुर जोरा (२५) लाई पराजित गर्दै भक्तबहादुर गाहा (३७) विजयी भएका छन्।

समितिको खुला सदस्यमा शेरबहादुर भण्डारी (३८), अर्जुन धामी (३६), विमलप्रसाद बोहरा (३४), दीपकराज भट्ट (३३), कमला शाही (३२) मत ल्याएर विजयी भएका छन्।

महिला सदस्यमा पदमाकुमारी साउद र ललिताकुमारी रावलले समान ३१/३१ मत पाएका छन्।

दलित सदस्यमा रूपा दमाई र जनजाति सदस्यमा भावना थापामगर यसअघि नै निर्विरोध भइसकेका छन्।

शुक्रबार भएको निर्वाचनमा शाखामा रहेका कूल ६४ मतदातामध्य ६३ मत खसेको थियो।

सिंह योभन्दा अगाडि पनि पत्रकार महासंघ डडेल्धुरा, शाखाको अध्यक्ष थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.