बझाङको सुर्मा-४ मा काँग्रेसका पुजारा विजयी

dream cafe
learnar

बझाङ : बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका धिरेन्द्र पुजारा १७० मतको मतान्तरले विजयी भएका छन्।

काँग्रेस उम्मेदवार पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी भएका हुन्।

Ird
HARDIK AGRo NEw

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन् भने, नेकपा माओवादी केन्द्रका उम्मेदवार पुस्कर बोहराले जम्मा १७ मत मात्रै प्राप्त गरे।

कुल एक हजार ५ सय ५४ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा एक हजार १ सय ७८ मत खसेको थियो। १७ मत बदर भएका छन्।

यो वडामा यस अघिको निर्वाचनमा एमालेले जितेको थियो। वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो।

यसअघि यहाँ एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.