अजयमेरू ५ मा भलिबलसँगै बृहत सांस्कृतिक कार्यक्रम, मन्त्री थापाले गरे उद्घाटन

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अजयमेरू गाउँपालिका-५ मा तीनदिने बृहत सांस्कृतिक कार्यक्रम तथा पालिका स्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको छ।

आज (सोमबार) एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले कार्यक्रमको उद्घाटन गरेका हुन्।

Amargadhi Education

अजयमेरू गाउँपालिका वडा नम्बर ५ को कार्यालयद्वारा आयोजित कार्यक्रमको मुख्य प्रायोजकमा अजयमेरू गाउँपालिका रहेको छ।

तीनदिनसम्म चल्ने भलिबल प्रतियोगितामा पालिकाभरिका १२ वटा टिमको सहभागीता रहेको वडाध्यक्ष राजबहादुर पालले बताए।

कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थानीय, प्रदेश र संघीय सरकारले एकआपसमा अस्तित्व स्विकारे मात्रै विकास सम्भव भएको बताए।

अजयमेरु फाैजी केरा

उनले कार्यक्रममा उठेका कुरालाई मनन गर्दै  सुदूरपश्चिम सरकारले विकास निर्माणका काममा साझेदारी गर्नेमा जोड दिए।

अजयमेरूका प्रत्येक वडालाई छुने गरि आफ्नो मन्त्रालयले बजेट विनियोजन गरेको उनले दाबी गरे।

सुदूरपश्चिमको बजेट सधैं आलोचित हुने र योजना किनबेचको आरोप लाग्ने गरेको बताउँदै सुधारका लागि लागि परेको बताए।

जहाँको मन्त्री त्यहीँ बजेट जाने परिपाटीको अन्त्य गर्दै पहाडी जिल्लामा ५ करोड बढी रुपैयाँ थपेर पठाएको दाबी गरे।

कार्यक्रममा अजयमेरू गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट, उपाध्यक्ष बसन्ती पाल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति तारक खड्का, डडेल्धुरा जिल्लाका पूर्व जिल्ला विकास समिति सभापति  गजेन्द्र शाही, एमाले डडेल्धुराका जिल्ला अध्यक्ष गजेन्द्र शाही, पत्रकारलगाएतको उपस्थिति रहेको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.