डडेल्धुरामा ड्युटीमै कुटिए प्रहरी सहायक हवल्दार, धनगढीमा उपचार हुँदै

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा एक प्रहरी सहायक हवल्दार ड्युटीमै कुटिएका छन्।

कुटिनेमा अमरगढी नगरपालिका- ५ बागबजार पोष्ट ड्युटीमा रहेका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्त रहेका छन्।

Amargadhi Education

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमका अनुसार हिजो (मंगलबार) बेलुका धनगढीबाट डडेल्धुरा तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको GJ ०५ RV ८८४८ नम्बरको महेन्द्रा कम्पनीको कार बागबजारमा रोकी चेकजाँच गर्दा पन्तमाथि हातपात भएको हो।

अजयमेरु फाैजी केरा

इन्सपेक्टर बमले हवल्दार पन्तमाथि हातपातसँगै ढुङ्गामुडा पनि प्रहार भएको जानकारी दिए।

प्रहरी स्रोतका अनुसार घाइते पन्तको डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ।

५ जना पक्राउ
सहायक हवल्दार पन्तमाथि हातपात गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कार चालक भिमदत्त नगरपालिका- ४ बस्ने २२ वर्षीय रोहित सार्की कारमा सवार अजयमेरु गाउँपालिका- ४ बस्ने २८ बिनोद बैज, अजयमेरू गाउँपालिका- ४ चिपुर बस्ने २६ वर्षीय पदम चटौत, २३ वर्षीय सुवास बोहरा र २७ वर्षीय जित ऐर रहेका छन्।

पक्राउ परेका ५ जनामाथि प्रहरीले सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिक बिरुद्धको अपराधमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.