उदयदेव बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

dream cafe
learnar

डडेल्धुरा : उदयदेव बहुउद्देश्यीय सहकारी सस्थाको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाका कोषाध्यक्ष डा. शंकरदत्त भट्टको सभापतित्वमा डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढी नगरपालिकामा सो सभा सम्पन्न भएको हो।

Amargadhi Education

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले सो कार्यक्रमको उद्घाटन गर्दै सहकारीले आफ्नो व्यवसाय बिस्तार गर्नुपर्ने र सहकारीका सदस्यहरुलाई लगानी सुरक्षित रहनेप्रति विश्वास बढाउनुपर्ने बताए।

अजयमेरु फाैजी केरा

जिल्ला समन्वय प्रमुख भण्डारीले उदयदेव बहुउद्देश्यीय सहकारीले कृर्षि प्रवद्र्धन, सहकारीका सदस्यहरुको बिमा लगायत सामाजिक क्षेत्रमा समेत परिस्कृत काम गरेकोले प्रशंसा गरे।

कार्यक्रममा संस्थाको गत असार मसान्त सम्मको शेयर पुँजी २० करोड ५८ लाख ६९ हजार १०० रूपैयाँ रहेको सस्थाका कोषाध्यक्ष डा. शंकरदत्त भट्टले जानकारी दिए।

सस्थाले आगामी दुई वर्षमा २५ करोड शेयर पुजीँ पुगाउने लक्ष्य लिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा बोल्दै सस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले २०५६ सालमा स्थापना भएको सहकारीले सदस्यहरुको मनजित्दै सस्थाले सहकारी संगै सामाजिक क्षेत्रमा सेवा विस्तार गर्दै आएको बताए।

सहकारीले आर्थिक पारदर्शीता र सदस्यहरुको पुँजी सुरक्षित गर्ने प्रमुख दायित्व रहेकाले साधारणसभाबाट नविनतम निती तथा रणनिति तय गर्ने प्रमुख कार्यकारी अधिकृत चन्दले बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.