महाकालीमा मृत फेला परे डडेल्धुराका व्यवसायी खेमसिंंह, हाम फालेको आशंका

dream cafe
learnar

डडेल्धुरा : अस्ति सोमबारबाट बेपत्ता  परशुराम नगरपालिका– ५ परीगाउँका व्यवसायी खेमसिंंह पालीको शव भेटिएको छ।

५३ वर्षीय पालीको शव परशुराम नगरपालिका-६ करालीस्थित महाकाली किनारमा फेला परेको स्थानीयले बताएका छन्।

GBL NEW

पालीलले गाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको थियो। तर, उनी अज्ञात थिए।

करालीमा पालीको शव फेला परेको जानकारी स्थानीयले दिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक सुरज रोकायले बताए।

प्रहरी घटनास्थल पुगिरहेकोले शव पालीकै हो वा होइन भनेर त्यसपछि मात्रै थाहा हुने उनको भनाइ छ।

उनी केही दिन यतादेखि मानसिक तनावमा रहेको प्रहरीको भनाइ छ। उनले महाकाली नदीमा हामफालेको आशंका प्रहरीको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.