सशस्त्र प्रहरीले जलाइदिए वन कार्यालयको बाइक

dream cafe
learnar

डडेल्धुरा: पूर्व सशस्त्र प्रहरीले परशुराम नगरपालिकामा रहेको सब डिभिजन वन कार्यालय जोगबुढाको मोटरसाइकल जलाइदिएका छन्।

हिजो (शुक्रबार) परशुराम नगरपालिका-५ परिगाउँमा पार्किङ गरेको अवस्थामा राखिएको मोटरसाइकल सोही ठाउँका पूर्व सशस्त्र प्रहरी धनबहादुर चन्दले जलाइदिएका हुन्।

Ird

HARDIK AGRo NEw

चन्दले रक्सी खाएर मोटरसाइकल जलाएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक  सुरज रोकायाले जानकारी दिए।

उनी भन्छन्, ´उनको परिवारबाट बुझ्दा रक्सी खाएर जलाएको खुलेको छ। बाइक ध्वस्त छ।`

सब डिभिजनमा कार्यरत कर्मचारी इश्वरी बोहरा र सुरेश खातीले उक्त  सुपप्र ००४-००१ ब ००१९ नम्बरको मोटरसाइकल परिगाउँ लगेर गएकाे बुझिएको छ।

रोकायाका अनुसार मोटरसाइकल परिगाउँमा रहेको चन्दको घरमा राखेर उनीहरू वडा नम्बर  ३ को सिमल्टामा फिल्ड भिजिट गएका थिए। सोही समयमा माेटरसाइकलमा आगजनी गरिएको हो।

आगजनी गरेको आरोपमा प्रकाउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाउने तयारी भएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.