डडेल्धुरामा प्रहरी बिट नजिकैको सहकारीमा चोरी

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममै रहेको एक सहकारीमा चोरी भएको छ।

गएराति जिल्ला सदरमुकामको अमरगढी नगरपालिका-५ तुफानडाँडामा रहेको सुन्दर अमरगढी सहकारीमा चोरी भएको हो।

GBL NEW

सहकारीबाट नगद २५ हजार रुपैयाँ र एक ल्यापटप चोरी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर बिरबहादुर थापाले जानकारी दिए।

सहकारीको कार्यालय नजिकै प्रहरीको बिट पनि रहेको छ। चोरी प्रकरण बारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.