डडेल्धुरामा भोलि ९ घन्टा विद्युत अवरुद्ध हुने, कारण यस्तो

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराका विभिन्न क्षेत्रमा शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ। शनिबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले जनाएको छ।

अजयमेरु फाैजी केरा

केन्द्रले शुक्रबार जारी गरेको सूचनामा बागबजार तथा चमडा फिडरबाट आपूर्ति हुने खलंगा तथा बागबजार क्षेत्र, चमडा, भद्रपुर, भुल्कुडा, विप्लम, लामीकाडेलगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ।

Amargadhi Education

जिल्लाको अमरगढी नगरपालिका–५ किल्ला नजिक मर्मत र लाइन विस्तारको कार्य हुने भएकोले सेवा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ। तोकिएको समयभन्दा अगाडि नै काम सकिए सोहीअनुसार सेवा अगाडि नै सुचारु हुने पनि केन्द्रको भनाइ छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.