बोहरा मेडिको सेन्टर

सुदूरपश्चिम प्रदेश सांसद थापाको राजीनामा स्वीकृत

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका सांसद वीरबहादुर थापाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीसमेत रहेका थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै पदबाट दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो।

health office dashin
CNA

सभामुख भीमबहादुर भण्डारीले सांसद थापाले दिएको राजीनामा स्वीकृत गरेका छन्। सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी तारा कुमारी जोशीका अनुसार राजीनामा स्वीकृतसंगै सूचना राजपत्रमा प्रकाशनका लागि पत्र पठाइसकिएको छ।

थापा कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा नेकपा एमालेबाट निर्वाचित सांसद थिए। यो सँगै सुदूरपश्चिम प्रदेश सभामा एमालेका १० सांसद मात्रै रहेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा दिएका थिए।

छलफल गर्नै नदिएर बजेट हतारमा पारित गरिएको भन्दै थापा असन्तुष्ट बनेका थिए। सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षका लागि ल्याएको ३७ अर्ब ७० करोड बराबरको बजेट मंगलबार पारित भएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.