बोहरा मेडिको सेन्टर

डडेल्धुरामा २४ घण्टा सवारी आवागमनमा रोक

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लाभर लामो तथा छोटो दूरीका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी वेदराज फूयलले शनिवार बिहान सूचना जारी गर्दै आज असोज १० गते बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएका हुन्।

CNA
GBL NEW

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो यातायात सञ्चालनसम्बन्धी सूचनाअनुसार डडेल्धुरा सतर्कता अपनाउनुपर्ने वर्गमा परेको र जिल्लाका पूर्व, उत्तर तथा दक्षिणतर्फका जिल्लाहरू जोखिम तथा अति जोखिममा रहेकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

डडेल्धुरामा शुक्रबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

यस अवधिमा आकस्मिक तथा अत्यावश्यक अवस्था परे जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.