बोहरा मेडिको सेन्टर

विद्यार्थीको वैज्ञानिक सिर्जना प्रदर्शन, महेन्द्र मावि पहिलो

dream cafe
learnar

डडेल्धुरा : विद्यार्थीले निर्माण गरेका वैज्ञानिक नमुना र सिर्जनात्मक सामग्रीले भरिएको नगरस्तरीय विज्ञान कला प्रदर्शनीमा महेन्द्र माध्यमिक विद्यालय खलंगा उत्कृष्ट बनेको छ।

अमरगढी नगरपालिका र महेन्द्र माध्यमिक विद्यालय खलंगाको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो।प्रदर्शनीमा नगर क्षेत्रका ९ वटा विद्यालय सहभागी भएका थिए।

CNA

प्रदर्शनीमा विद्यार्थीले प्रविधिमा आधारित नमुना, वैज्ञानिक सामग्री तथा विभिन्न कलात्मक सिर्जना प्रस्तुत गरेका थिए। आफ्नै सोच, सीप र सिर्जनशीलताबाट तयार पारिएका सामग्रीमार्फत विद्यार्थीले किताबी ज्ञानलाई व्यवहारमा उतार्ने प्रयास गरेका थिए।

GBL NEW

प्रदर्शनीमा उत्कृष्ट प्रदर्शन गर्दै महेन्द्र माध्यमिक विद्यालय खलंगा प्रथम, माउन्टेन इङ्लिस मिडियम बोर्डिङ स्कुल द्वितीय र क्याम्ब्रिज पब्लिक स्कुल तृतीय भए।

प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे।

सहभागी अन्य विद्यालयलाई पनि प्रोत्साहनस्वरूप ३ हजार रुपैयाँ प्रदान गरिएको महेन्द्र माध्यमिक विद्यालयका सूचना अधिकारी धर्मराज पन्तले जानकारी दिए।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरका अनुसार विद्यार्थीमा लुकेको वैज्ञानिक सोच, सिर्जनशीलता र प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो।

उनका अनुसार विद्यालयको विज्ञान विषय प्रवर्द्धन कार्यक्रमअन्तर्गत आयोजित प्रदर्शनीले विद्यार्थीलाई सिकाइलाई प्रयोग र सिर्जनासँग जोड्ने अवसर दिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.