बोहरा मेडिको सेन्टर

अमरगढीका वडा सदस्य भट्टले आफ्नै जमिन भन्दै सडक खने [भिडियोसहित]

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका–६ का वडा सदस्य बलराम भट्टले आफ्नै जमिन पर्ने क्षेत्रमा करिब सात वर्षअघि निर्माण गरिएको सडक खनेर अवरुद्ध गरेका छन्।

नेपाली कांग्रेसबाट २०७९ सालमा वडा सदस्यमा निर्वाचित भट्टले आफ्नो जमिन भन्दै सडक खनेर बिगारेका हुन्।

CNA

सडक खनेर अवरुद्ध गरिएपछि स्थानीयवासीलाई दैनिक आवतजावतसँगै खाद्यान्न तथा अन्य सामग्री ढुवानीमा समस्या भएको छ।

विशेषगरी बिरामी, ज्येष्ठ नागरिक तथा अत्यावश्यक सेवाका लागि समस्या भएको स्थानीयको गुनासो छ।

कालापत्थर सामुदायिक वनका अध्यक्ष सुरेश ताम्राकारका अनुसार सडक अवरुद्ध भएपछि बिरामीलाई करिब एक किलोमिटर पैदल हिँडाएर लैजानुपर्ने अवस्था सिर्जना भएको छ।

‘सडक खनिएपछि सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ। विशेषगरी बिरामीलाई करिब एक किलोमिटर पैदल हिँडाउनुपर्ने अवस्था छ,’ ताम्राकारले भने।

ताम्राकारले वडा सदस्य भट्टले सामुदायिक वनबाट आर्थिक सहयोग नपाएको कारण सडक अवरुद्ध गरेको दाबी गरेका छन्।

उनका अनुसार कालापत्थर सामुदायिक वनले गरिब, विपन्न तथा समस्यामा परेका स्थानीयलाई विभिन्न समयमा आर्थिक सहयोग गर्दै आएको छ।

यता वडा सदस्य भट्टले आफूले करिब २५ दिनअघि सामुदायिक वनमा आर्थिक सहयोगका लागि निवेदन दिएको तर सहयोग नपाएको बताएका छन्।

GBL NEW

वनबाट सहयोग नपाएसम्म आफू पछि नहट्ने उनको भनाइ छ।

‘मैले करिब २५ दिनअघि आर्थिक सहयोगका लागि निवेदन दिएको हुँ। वनबाट सहयोग नपाएसम्म म पछि हट्दिनँ,’ भट्टले भने।

सामुदायिक वनका अध्यक्ष ताम्राकारका अनुसार भट्टले यसअघि वनबाट लिएको ऋणसमेत लामो समयदेखि भुक्तानी गरेका छैनन्। ऋण तिर्ने विषयमा पटक–पटक छलफल तथा ताकेता गरिएको उनले बताए।

‘उहाँले ऋण तिर्ने कुरा गरेपछि सकेको सहयोग गर्ने विषयमा छलफल भएको थियो। तर करिब १२ वर्षअघिदेखिको वनको ऋणसमेत भुक्तानी भएको छैन। पटक–पटक ताकेता गर्दा पनि ऋण नतिरेको अवस्था छ,’ ताम्राकारले भने।

जनप्रतिनिधिजस्तो व्यक्तिले नै लामो समयदेखि सामुदायिक वनको ऋण नतिर्दा समस्या भएको ताम्राकारको भनाइ छ।

सार्वजनिक आवतजावतमा प्रयोग हुँदै आएको सडक व्यक्तिगत विवादका कारण अवरुद्ध भएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

उनीहरूले सडक तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।

समस्या तत्काल समाधान नभए कानुनी प्रक्रियामा जाने तयारीसमेत स्थानीयले थालेका छन्।

हेर्नुस् भिडियो :

https://www.facebook.com/share/r/1C98JJpzfA/

Ddl dental
Leave A Reply

Your email address will not be published.