

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई नागरिक तहबाट प्रदेश सरकारको पहिलो वर्षलाई परिणाममुखी बनाउन सुझावसहितको ज्ञापनपत्र बुझाइएको छ।

कानुनी अनुसन्धान तथा पैरवी मञ्च डडेल्धुराका अधिवक्ता विष्णु भट्टले मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्रमार्फत ‘एक वर्ष–एक अवसर : सत्ता होइन, परिणामको वर्ष’ बनाउन आग्रह गरेका हुन्।

ज्ञापनपत्रमा मुख्यमन्त्रीको जिम्मेवारीलाई राजनीतिक पदका रूपमा मात्र नभई प्रदेशको शासन प्रणाली, विकासका प्राथमिकता र नागरिकको राज्यप्रतिको विश्वास पुनर्निर्माण गर्ने अवसरका रूपमा लिन आग्रह गरिएको छ।



