

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढी प्रभावितको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णयसमेत गरेको छ।


