

बझाङ : भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी पछि जलविद्युत् आयोजनामा कार्यरत बझाङका दुई इन्जिनियर सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा जयपृथ्वी नगरपालिका –८, का हेमन्त जोशी र केदारस्युँ गाउँपालिका–५, का जनकराज बोहरा रहेका छन् ।


जोशी त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत रहेको परिवारले जनाएको छ ।
बाढी आएको खबर पाएपछि परिवार तथा आफन्तले उनीसँग सम्पर्क गर्ने प्रयास गरे पनि मोबाइल फोन बन्द रहेकाले सम्पर्क हुन नसकेको आफन्तले बताएका छन् ।
त्यस्तै, सिभिल इन्जिनियर रहेका केदारस्युँ गाउँपालिका–५ का बोहरा रसुवामा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कोरियाली कम्पनी दोसानमा पाँच वर्षदेखि कन्ट्रक्सन मेनेजरकाका रूपमा कार्यरत थिए ।
बाढीपछि उनी पनि सम्पर्कविहीन भएको भन्दै परिवारले खोजीका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ ।


