

डडेल्धुरा : कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।

डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो करिब ४ बजे चुरे गाउँपालिका–५ स्थित सुरुंगडा चिफ्ले झरनामा खसेर बेपत्ता भएका थिए।

पन्तको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। खोजीका क्रममा आइतबार दिउँसो झरनाबाट करिब ५ सय मिटर तल उनको शव फेला परेको प्रहरीले जनाएको छ।
शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

