बोहरा मेडिको सेन्टर

मन्त्री रावलको कार्यक्रममा अब फूलमाला, खादा र बुके निषेध

dream cafe
learnar

डडेल्धुरा : भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सहभागी हुने सरकारी कार्यक्रमलाई सादगीपूर्ण, मितव्ययी र परिणाममुखी बनाउन मन्त्रालयले नौबुँदे विशेष निर्देशिका जारी गरेको छ।

निर्देशिकाले मन्त्री रावलको स्वागतमा फूलमाला, खादा, बुके, दोसल्लालगायतका सम्मान सामग्री प्रयोग गर्न रोक लगाएको छ।

CNA

त्यस्तै, मन्त्रीलाई व्यक्तिगत उपहार, मायाको चिनो वा स्मृतिचिह्न प्रदान गर्नसमेत निषेध गरिएको छ।

मन्त्रालयका अनुसार अब मन्त्री सहभागी हुने कार्यक्रममा अनावश्यक सम्मान, अभिनन्दन तथा विशेष समारोह आयोजना गरिने छैन।

GBL NEW

स्वागत औपचारिक र संक्षिप्त बनाउन तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित व्यक्ति र सरोकारवालालाई मात्र सहभागी गराउन निर्देशन दिइएको छ।

निर्देशिकाले अनावश्यक भिआइपी जमघट र औपचारिक स्वागत टोलीको व्यवस्थासमेत नगर्न भनेको छ।

कार्यक्रम निर्धारित समयमै सुरु र सम्पन्न गर्नुपर्ने तथा लामो स्वागत मन्तव्य र अनावश्यक भाषण हटाएर कार्यसूचीअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, कार्यक्रमको सजावट, ब्यानर, उपहार तथा अन्य औपचारिकतामा हुने खर्च कटौती गर्दै सम्भव भएसम्म सम्बन्धित कार्यालयको सभाहल र सार्वजनिक स्रोतसाधन प्रयोग गर्न निर्देशन दिइएको छ।

सञ्चार तथा प्रचारप्रसारका लागि छुट्टै मिडिया निमन्त्रणा नगरी कार्यालयको आधिकारिक सञ्चार संयन्त्रमार्फत सूचना तथा समाचार सार्वजनिक गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

प्रशासकीय फजुल खर्च नियन्त्रण गर्दै सरकारी कार्यक्रमलाई तडकभडकमुक्त, निर्णयमुखी र परिणाममुखी बनाउने उद्देश्यले निर्देशिका लागू गरिएको मन्त्रालयले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.