अमरगढी र नवदुर्गामा नयाँ हाकिम

dream cafe
learnar

डडेल्धुरा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ।

अमरगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंमा कार्यरत उपसचिव लोकबहादुर रानालाई पठाइएको छ।

बोहरा मेडिको सेन्टर

यसअघि अमरगढीमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत लक्ष्मीप्रसाद उपाध्यायलाई मकवानपुरको मनहरी गाउँपालिकामा सरुवा गरिएको छ।

GBL NEW

उपाध्यायको दरबन्दी भने बझाङको केदारस्युँ गाउँपालिका रहेको थियो।

त्यसैगरी नवदुर्गा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृत दिलीप खड्कालाई पठाइएको छ।

नवदुर्गामा यसअघि इन्जिनियर महेन्द्र बोहरालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो।

नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै दुवै स्थानीय तहको प्रशासनिक सेवा प्रवाह तथा विकास निर्माणका कामले थप गति लिने अपेक्षा गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.