
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले)बाट सहभागी हुने तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगिएको छ।
एमाले संसदीय दलले उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।


थापासँगै चक्र मल्ल र दमन भण्डारी मन्त्री तथा जानकी ऐरलाई राज्यमन्त्री बनाउने निर्णय भएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।
मल्ललाई आर्थिक मामिला, थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
भण्डारीलाई भने उद्योग, पर्यटन, वन तथा वातावरण वा भूमि व्यवस्था, कृषि तथा सहकारीमध्ये एक मन्त्रालय दिने तयारी गरिएको छ।
एमालेबाट सहभागी हुने मन्त्री तथा राज्यमन्त्रीले आजै मुख्यमन्त्रीसँगै शपथ लिने तयारी छ।

