बोहरा मेडिको सेन्टर

ग्रिनेड विस्फोटमा दुई सैनिक घाइते, कैलालीबाट काठमाडौँ रेफर

dream cafe
learnar

धनगढी: कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्।

गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

health office dashin
CNA

घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन्। दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते दुवैलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित बोराडाँडी ल्याइएको थियो। त्यसपछि थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.