उग्रतारा मन्दिर परिसर हराभरा बनाउन सेनाको वृक्षरोपण

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरास्थित अर्जुनबाण गण दह ब्यारेकले ‘सगरमाथा वृक्षरोपण महाअभियान–२०८३’ अन्तर्गत प्रसिद्ध धार्मिक स्थल उग्रतारा मन्दिर परिसरमा दालचीनी, अमला, चिउरीलगायत विभिन्न प्रजातिका ३०० बिरुवा रोपेको छ।

आज वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत धार्मिक तथा पर्यटकीय महत्व बोकेको उग्रतारा क्षेत्रलाई हराभरा बनाउने लक्ष्यसहित वृक्षरोपण गरिएको हो।

GBL NEW

सहभागीहरूले वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

अर्जुनबाण गण दह ब्यारेकले सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता जनहितका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको उग्रतारा मन्दिर परिसरमा गरिएको वृक्षरोपणले क्षेत्रको हरियाली संरक्षणका साथै वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा अमरगढी नगरपालिकाकी उपप्रमुख पार्वती झुकाल प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

यस्तै, प्रमुख जिल्ला अधिकारी अमरबहादुर वली, अर्जुनबाण गण दह ब्यारेकका गणपति प्रल्हाद थापा, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंह, सशस्त्र प्रहरी बल डडेल्धुराका प्रमुख, नेपाली सेनाका अधिकृत तथा जवान, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

 

Ddl dental
Leave A Reply

Your email address will not be published.