
डडेल्धुरा: डडेल्धुरा अस्पतालमा सञ्चालनमा रहेको हेमोडायलासिस सेवा ठप्प भएको छ।
डायलासिसको मोटर जलेपछि आइतबारदेखि हेमोडायलासिस सेवा ठप्प भएको हो।

सेवा ठप्प भएपछि नियमित डायलासिस गराइरहेका मिर्गौला रोगीहरू समस्यामा परेका छन्।

केही समयअघि मात्रै सुरु गरिएको यो सेवाले सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीलाई स्थानीय स्तरमै उपचारको सुविधा दिएको थियो।
सेवा बन्द भएपछि बिरामीहरू पुनः धनगढी वा अन्य अस्पताल धाउनु पर्ने छ।
डडेल्धुरा अस्पतालका सुब्बा यदुनाथ जोशीले मोटर जलेर सेवा बन्द भएको जानकारी दिए।
उनले बनाउनका लागि धनगढी पठाएको र धनगढीमा बने भोलिदेखि पुन: सेवा सञ्चालनमा आउने जानकारी दिए।

