डडेल्धुराका व्यवसायीलाई बीमा सचेतना सम्बन्धी अभिमुखीकरण

dream cafe
learnar

डडेल्धुरा : नेपाल बीमा प्राधिकरणको आयोजना र डडेल्धुरा उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायी, बीमा कम्पनीका प्रतिनिधि तथा विमित प्रतिनिधिलाई लक्षित गरी बीमा सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार डडेल्धुरा सदरमुकाममा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका व्यवसायीहरूको सहभागिता रहेको थियो।

Ird 2

नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा बीमासम्बन्धी आधारभूत जानकारी, यसको आवश्यकता, व्यवसायमा हुन सक्ने जोखिम व्यवस्थापन तथा क्षति न्यूनीकरणमा बीमाको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि डडेल्धुरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लालमणि पन्तले प्राकृतिक विपद्, आगलागी, चोरी तथा अन्य आकस्मिक घटनाबाट व्यवसायमा पर्न सक्ने क्षति न्यूनीकरणका लागि बीमा अपरिहार्य रहेको बताए।

उनले उद्योगी–व्यवसायीलाई बीमाको महत्व, प्रक्रिया र फाइदाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै अझै पनि धेरै व्यवसायीमा बीमाप्रति पर्याप्त जानकारी र सचेतनाको अभाव रहेको बताए।

Gbl Hard

कार्यक्रममा प्राप्त जानकारीलाई व्यवहारमा उतारी आफ्नो उद्योग–व्यवसायलाई सुरक्षित बनाउन उनले सहभागीहरूलाई आग्रह गरे।

साथै, बीमितलाई क्षति परेका बेला विभिन्न बहाना बनाएर दुःख दिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।

नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख केदारनाथ भट्टले देश विकासको मेरुदण्ड अर्थतन्त्र भएको उल्लेख गर्दै व्यवसायमा देखिने जोखिम न्यूनीकरणका लागि बीमा महत्वपूर्ण माध्यम रहेको बताए।

उनले वर्तमान समयमा व्यवसायसँग अवसरका साथै विभिन्न चुनौती र जोखिम पनि रहेको उल्लेख गर्दै प्राकृतिक विपद्, आर्थिक अनिश्चितता लगायतका कारण उद्योग तथा व्यवसायमा जुनसुकै बेला क्षति हुन सक्ने भएकाले बीमालाई सुरक्षा कवचका रूपमा उपयोग गर्नुपर्ने बताए।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले बीमा कम्पनीको सेवा अझै सहज, पारदर्शी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिए।

उनले पछिल्लो समय डडेल्धुरामा निर्जीवन (नन–लाइफ) बीमाको दायरा विस्तार हुँदै गए पनि क्षति भएपछि बीमितले समयमै दाबी भुक्तानी नपाउने गुनासो बढ्दै गएको उल्लेख गरे।

यस्ता समस्याको समाधानका लागि नेपाल बीमा प्राधिकरणले आवश्यक समन्वय र प्रभावकारी अनुगमन गर्नुपर्ने उनले बताए

Ddl dental
Leave A Reply

Your email address will not be published.