सरस्वती मावि फिन्नेकोटका विद्यार्थीलाई माछापुच्छ्रे बैंक डडेल्धुराद्वारा पोसाक वितरण

dream cafe
learnar

डडेल्धुरा : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेड, डडेल्धुरा शाखाले अमरगढी नगरपालिका–११ फिन्नेकोटस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो विद्यालय पोसाक वितरण गरेको छ।

बैंकले आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका विद्यार्थीलाई लक्षित गर्दै आज (शुक्रबार) विद्यालय पोसाक (ट्रयाक सुट) उपलब्ध गराएको हो।

Ird 2

कार्यक्रम माछापुच्छ्रे बैंक डडेल्धुरा शाखाका शाखा प्रबन्धक झनकबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको थियो।

Gbl Hard

कार्यक्रममा अमरगढी नगरपालिका–११ का वडाध्यक्ष धर्मसिंह धानुक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्मादेवी बोहरा, विद्यालयका प्रधानाध्यापक हिक्मतसिंह ऐर तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

बैंकका शाखा प्रबन्धक रावलले ९३ जना विद्यार्थीलाई विद्यालय पोसाक (ट्रयाक सुट) उपलब्ध गराइएको बताए। उनले बैंकको यस सहयोगले विद्यार्थीलाई पठनपाठनमा थप सहजता पुग्ने विश्वास व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक हिक्मतसिंह ऐरले बैंकले शिक्षा क्षेत्रमा गरेको सहयोग प्रशंसनीय रहेको बताउँदै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विपन्न समुदायका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।

उनले निजी क्षेत्र र वित्तीय संस्थाहरूले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सहयोगलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.