बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमको गौरव आयोजना, बेलापुरमा ९ किमि सडक निर्माण सुरु

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारको गौरव आयोजनाअन्तर्गत निर्माण भइरहेको दैजी–जोगबुडा–बेलापुर–ढुङ्गाड हुँदै बझाङको देउरा जोड्ने सडक योजनाको बेलापुर खण्डमा बुधबार विधिवत् शिलान्यास गरिएको छ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बेलापुर खण्डमा ९ किलोमिटर सडक निर्माण कार्यको शिलान्यास गरेका हुन्।

CNA

उक्त सडक निर्माणको जिम्मेवारी इन्द्रधनु निर्माण सेवाले पाएको छ।

GBL NEW

अध्यक्ष अवस्थीले यो आयोजनाले यस क्षेत्रको विकासका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे।

सुदूरपश्चिम प्रदेश सरकारको प्राथमिकतामा रहेको यस आयोजनाले पश्चिमी पहाडी क्षेत्रको यातायात पहुँच विस्तार गर्दै आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार आयोजनाअन्तर्गत हालसम्म २६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने थप ६ किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ।

निर्माण सम्पन्न भएपछि घटाल–चिर्किट्टे सडक खण्ड सञ्चालनमा आउनेछ, जसले डडेल्धुराबाट जोगबुडा र दैजीसम्मको यात्रा दूरी र समय दुवै घटाउने छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला बोगटी बिष्टले सडक निर्माणले स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने बताउँदै निर्माण कार्य गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गर्न आग्रह गरिन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.