डडेल्धुरामा एनआईसी एशिया बैंकद्वारा भुवनेश्वरी माविलाई दुई प्रोजेक्टर सहयोग

dream cafe
learnar

डडेल्धुरा : आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत एनआईसी एशिया बैंकले डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ असुर्पास्थित भुवनेश्वरी माध्यमिक विद्यालयलाई दुई थान प्रोजेक्टर सहयोग गरेको छ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच एनआईसी एशिया बैंक डडेल्धुरा शाखाका शाखा प्रबन्धक पदमराज भट्टले विद्यालयका प्रधानाध्यापक दीपकप्रसाद भट्टलाई प्रोजेक्टर हस्तान्तरण गरेका हुन्।

Gbl Hard

वि.सं. २०२७ मा स्थापना भएको उक्त विद्यालयमा हाल प्रारम्भिक बालविकासदेखि कक्षा १० सम्म करिब २०० विद्यार्थी अध्ययनरत छन्।

बैंकले उपलब्ध गराएको प्रोजेक्टरबाट विद्यालयको पठनपाठनलाई थप आधुनिक, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।

यस्तै, प्रविधिमा आधारित सिकाइमार्फत विद्यार्थीको शैक्षिक उपलब्धि र गुणस्तरीय शिक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा बैंकले पनि गरेको  छ।

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.