डडेल्धुराका आरन व्यवसायीलाई उपकरण तथा सीप विकास तालिम

dream cafe
learnar

डडेल्धुरा :आरन व्यवसायीलाई उपकरण तथा सीप विकास तालिम डडेल्धुराका आरन व्यवसायीलाई उपकरण तथा सीप विकास तालिम दिइएको छ। अमरगढी नगरपालिका-९ का आरन व्यवसायीहरुलाई आधुनिक औजार तथा उपकरणहरु प्रदान गरिएको हो।

आरन व्यवसाय लोप हुँदै गर्दा त्यसको आधुनिकीकरणको लागि घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले विभिन्न औजार तथा उपकरणहरु निःशुल्क उपलब्ध गराएको हो ।

Amargadhi Education

परम्परागत आरन व्यवसायलाई आधुनिकिकरण बनाई आरन व्यवसायलाई समय सापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले कार्यालयको तर्फबाट विभिन्न औजार तथा उपकरणहरु उपलब्ध गराएको घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशब सिंह भण्डारीले बताए।

Gbl Hard

अमरगढी नगरपालिका -९ कार्यालयको सिफारिसको आधारमा सोमबार आठ जना आरन व्यवसायीलाई औजार तथा उपकरणहरु प्रदान गरेको हो।

व्यवसायीको मागको आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरुको उत्थान, विकास र सशक्तिकरणका अन्य कार्यक्रमहरु सञ्चालन गरिने कार्यालय प्रमुख भण्डारीले बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा अध्यक्ष हिक्मत बहादुर सिंहले परम्परागत पेशाको संरक्षणसँगै यो पेशा–व्यवसायबाट पनि पर्याप्त आयआर्जन गर्न सकिने हुँदा यहाँका आरन व्यवसायीलाई नमूनाको रुपमा अघि बढाउन आग्रह गरे ।

पुर्खौंदेखि आरनको काम गर्दै आए पनि हालसम्म राज्यस्तरबाट कुनै पनि सहयोग प्राप्त नभएको अवस्थामा अहिले घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले औजार तथा उपकरण प्रदानका साथ साथै सीप विकास तालिम प्रदान गर्दा आफूहरु निकै उत्साहित भएको अमरगढी नगरपालिका – ९ का शेरुवा लुहारले बताए।

कार्यालयले ड्रिल मेसिन, पंखा, बेल्डिङ मेसिन, गेलेन्डर लगायतका औजार प्रदान गरेको हो ।

Ddl dental
Leave A Reply

Your email address will not be published.