‘बाघ’को दहाड मतमा देखिएन, अर्का सांसद महता पनि हारे

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा सुदूरपश्चिमका  सांसद हरिमोहन भण्डारी र ज्ञानेन्द्र सिंह महता पराजित भएका छन्।

आफूलाई ‘बैतडीको बाघ’ भनेर चिनाउने बैतडीका सांसद हरिमोहन भण्डारीले भूगोलतर्फको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका थिए। तर उनी अपेक्षाअनुसार मत प्राप्त गर्न नसकी पराजित भए।

Amargadhi Education
अजयमेरु फाैजी केरा

उनले प्रवासबाहेक ५४१ मत मात्रै प्राप्त गरेका छन्।

त्यस्तै, कञ्चनपुरका सांसद ज्ञानेन्द्र सिंह महता पनि केन्द्रीय सदस्यको दौडमा सफल हुन सकेनन्। उनले ५१८ मत प्राप्त गरेका छन्।

रास्वपाको केन्द्रीय सदस्य (भूगोलतर्फ) निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट २० जनाको उम्मेदवारी परेको थियो।

तीमध्ये बाजुराका हेमराज थापा सर्वाधिक २०३० मत सहित शीर्ष स्थानमा रहे भने सांसद केपी खनाल १८४६ मत सहित दोस्रो स्थानमा रहे। दीपक राज बोहोरा १४५० मत, जानिका जोशी ११४८ मत र चन्द्रा ऐर ११२६ मत सहित निर्वाचित भएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.