सहायकबाट प्रमुख बने वली, डडेल्धुराको सीडीओको जिम्मेवारी

dream cafe
learnar

डडेल्धुरा : गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डडेल्धुराको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी अमरबहादुर वलीलाई दिएको छ।

गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाले २०८३ जेठ २७ गते गरेको निर्णयअनुसार वलीलाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो।

Arthik

मन्त्रालयद्वारा जारी पत्रअनुसार वली यसअघि डडेल्धुरामा सहायक प्रमुख जिल्ला अधिकारी (राजपत्रांकित द्वितीय श्रेणी), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत थिए।

खाद्य

अब उनी सोही सेवा तथा समूहअन्तर्गत जिल्ला प्रशासन कार्यालय डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यसम्पादन गर्नेछन्।

तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको गत वैशाख १० गते सरुवा भएपछि जिल्ला प्रशासन नेतृत्वविहीन बनेको थियो।

कोइरालाको गत पाँच महिनामै सरुवा भएको थियो।

कोइरालाले २०८२ मंसिर १२ गतेदेखि जिल्लाको नेतृत्व सम्हालेका थिए।

डडेल्धुरामा सहसचिव सीडीओको दरबन्दी रहेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.