डडेल्धुरा अस्पतालमा हटाइएका कर्मचारीमै आशंका, हाजिरी विवादपछि प्रशासन सक्रिय

dream cafe
learnar

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले डडेल्धुरा अस्पतालमा कार्यरत कर्मचारी व्यवस्थापन सम्बन्धी विवादपछि विस्तृत विवरण माग गरेको छ।

प्रशासनले बिहीबार अस्पताललाई पत्र पठाउँदै दरबन्दी, करार नियुक्ति र हटाइएका कर्मचारीसम्बन्धी सम्पूर्ण विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो।

Ird

प्रशासकीय अधिकृत लक्ष्मण बरालद्वारा हस्ताक्षरित पत्रमा अस्पतालको स्थायी स्वीकृत दरबन्दी, अस्पताल विकास समितिबाट स्वीकृत दरबन्दी तथा करारमा नियुक्त कर्मचारीहरूको विवरण माग गरिएको छ।

HARDIK AGRo NEw

साथै, दरबन्दी बिना नियुक्त गरिएका कर्मचारीहरूको सूची र २०८३ वैशाख १ गतेदेखि हटाइएका कर्मचारीहरूको नामथरसहितको विवरण पनि पेश गर्न भनिएको छ।

यसैगरी, दरबन्दी बिना कर्मचारी किन र कति भर्ना गरियो तथा हाल किन हटाइयो भन्ने विषयमा स्पष्ट खुलाउन प्रशासनले निर्देशन दिएको छ।

हटाइएका भनिएका कर्मचारीहरूले अझै हाजिर लगाइरहेको गुनासो आएको उल्लेख गर्दै सो विषयमा समेत यथार्थ विवरण पठाउन भनिएको छ।

यसअघि डडेल्धुरा अस्पतालमा लामो समयदेखि करार सेवामा कार्यरत तर पद मिलान हुन नसकेका कर्मचारीहरूलाई वैशाख १ गतेदेखि हाजिर नगर्न निर्देशन दिइएको थियो।

अस्पताल विकास समिति र अस्पताल प्रशासनको २०८२ चैत ५ गतेको संयुक्त निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्णय गरिएको अस्पतालले जनाएको थियो।

अस्पतालले सूचनामार्फत करार कर्मचारीलाई १ वैशाखदेखि काममा उपस्थित नहुन अनुरोध गरेको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.