बोहरा मेडिको सेन्टर

नेकपा एसको नवदुर्गा गाउँपालिका कमिटी अध्यक्षमा भट्ट चयन

dream cafe
learnar

डडेल्धुरा : नेकपा (एकीकृत समाजवादी) डडेल्धुराको नवदुर्गा गाउँपालिका अधिवेशन उत्साहपूर्वक सम्पन्न भएको छ।

अधिवेशनले ताराप्रसाद भट्टको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ।

CNA

नवनिर्वाचित नेतृत्वमा निर्मला बिष्ट उपाध्यक्ष, लोक ताम्रकार सचिव, र बिरेन्द्र बिष्ट सहसचिव रहेका छन्।

नयाँ नेतृत्वसँगै स्थानीय तहमा संगठन बलियो बनाउने अपेक्षा गरिएको छ।

GBL NEW

अधिवेशनमार्फत नेकपा एसप्रति नागरिकको विश्वास र आकर्षण बढ्दै गएको स्पष्ट देखिएको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कविन्द्र बिष्टले बताए।

उनकाअनुसार यसअघि नवदुर्गाका पाँच वटै वडामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको थियो।

सहभागिता, उत्साह र जनसमर्थनले संगठनमा नयाँ ऊर्जा भरेको अध्यक्ष बिष्टको भनाइ छ।

कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य नरबहादुर बिष्ट, सुदूरपश्चिम प्रदेश सदस्य पदम बिष्ट, जिल्ला अध्यक्ष कविन्द्र बिष्टलगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो।

स्थानीय तहमा संगठन सुदृढ गर्दै पार्टीप्रति जनविश्वास अझ विस्तार गर्ने दृष्टिकोणसहित अधिवेशन सम्पन्न भएको बताइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.