अमरगढीमा आधारभूत तहको नतिजा : क्याम्ब्रिज ‘नम्बर वान’, बीरखम्ब शून्य नतिजामा ‘ह्याट्रिक’ नजिक

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिकामा २०८१ सालको आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक भएको छ।

सार्वजनिक नतिजाअनुसार विभिन्न विद्यालयका विद्यार्थीहरूले मिश्रित सफलता प्राप्त गरेका छन्।

Amargadhi Education

आज (बुधबार) नगरपालिकाका २१ विद्यालयका परीक्षार्थीहरूको नतिजा सार्वजनिक भएको छ।

नगरपालिकाको शिक्षा शाखाको तथ्यांकअनुसार सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयको नतिजा तुलनात्मक रूपमा राम्रो देखिएको छ।

जसमा क्याम्ब्रिज पब्लिक स्कुल एक नम्बरमा देखिएको छ।  ३४ जना विद्यार्थी रहेकोमा यहाँ ३२ जना उत्तीर्ण भएका छन्। जुन प्रतिशतमा ९४.१२ हुन आउँछ।

दोस्रो स्थानमा भगवती इङलिस बोर्डिङ स्कुल कीर्तिपुर रहेको छ। ७ जना विद्यार्थी रहेकोमा यहाँ ६ जना उत्तीर्ण भएका छन्। जुन ८५.७१ प्रतिशत हुन आउँछ।

अजयमेरु फाैजी केरा

तेस्रो स्थानमा माउन्टेन इङलिस बोर्डिङ स्कुल बागबजार रहेको छ। ६२ विद्यार्थी रहेकोमा यहाँ ५० जना उत्तीर्ण भएका छन्। जुन ८०.६५ प्रतिशत हुन आउँछ।

यसैबीच, शम्भुनाथ आवि छचोडा र त्रिपुरा सुन्दरी आवि बीरखम्बको नतिजा शून्य आएको छ।

शम्भुनाथमा ११ जना विद्यार्थी रहेका थिए भने त्रिपुरा सुन्दरीमा ८ जना विद्यार्थी रहेकोमा सबै अनुत्तीर्ण भएका हुन्।

त्रिपुरा सुन्दरी आविको लगातार दोस्रो पटक शून्य नतिजा आएको हो। यहाँ गत वर्ष पनि कुनै विद्यार्थी उत्तीर्ण भएका थिएनन्।

परीक्षाको नतिजाले नगरपालिकामा शिक्षा क्षेत्रको सुधार आवश्यक रहेको देखाएको छ।

हेर्नुस् नतिजा :

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.